एजेन्सी– स्पेनिस मिडफिल्डर फावियन रुइजको एक गोल सहयोगमा नेपोलीले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ। नेपालीले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो।
यस जितसँगै नेपोलीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। घरेलु मैदानमा ६ मार्चमा हुने दोस्रो लेगमा नेपोलीलाई फाइनल पुग्न बराबरी नै पर्याप्त छ। इन्टरलाई भने फाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ।
प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा क्रिस्टियानो भिरागीका फ्रिकिक क्रसबारबाट थोरै बाहिरिदा घरेलु टोली अग्रता लिनबाट चुक्यो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ड्रिएस मेर्टिन्सको टाइट एंगलबाटर गरेको प्रहारलाई इन्टरका गोलरक्षक ड्यानिले पाडेलीले मुस्किले बचाउदा नेपोली अग्रता लिनबाट चुकेको थियो।
५०औं मिनेटमा इन्टरका रोमेलु लुकाकुले गोल गर्न सकेन। ५७औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए। जियोभानी डि लोरेन्जोको पासमा रुइजले गोल गर्न सफल भएका थिए।
६७औं मिनेटमा फ्रिकिकमा लुकाकुको हेडर सदुपयोग हुन सकेन। ७२औं मिनेटमा त्रिस्टियन इरिक्सनको २० यार्डको प्रहार बाहिरियो। ८६औं मिनेटमा लोउटारो मार्टिनेजको प्रहार प्रहार गोलरक्षक डेभिड ओस्पिनाले बचाए। रिवाउन्डमा
इरिक्सनको प्रहार बाहिरिदा इन्टर मिलान बराबरीबाट चुक्यो। इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिलो डि एम्ब्रोसियाको प्रहारलाई बचाउदै सम्भावित बराबरी टारे। त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली १–० ले विजयी हुन सफल भयो।