काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका अहिले ब्याटिङ गरिरहेको छ।
सुशन भारीले अमेरिकाको दोस्रो विकेट लिएका छन्। सातौं ओभरमा बलिङमा आएका भारीले पहिलो बलमा नै विकेट लिएका हुन्। उनले २२ बलमा १६ रन बनाएर खेलिरहेका जेभियर मार्शललाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन्।
त्यसैगरी सन्दीपले लगातार २ विकेट लिएका छन्। आठौं ओभरको दोस्रो बलमा मनाङ्क पटेललाई बोल्ड आउट गरे। त्यसैगरी यसै ओभरको पाँचौं बलमा निसर्ग पटेललाई पनि बोल्ड आउट गरे।
८ ओभरमा अमेरिकाले ४ विकेट गुमाएर २० रन बनाएको छ।