एजेन्सी – पूर्व भारतीय क्रिकेटर शान्ताकुमारन श्रीसंतको आज फेब्रुअरी ६ मा जन्मदिन परेकोे छ। उनले आज आफ्नो ३५ औँ जन्मदिन मनाउँदै छन्। श्रीसंंतले भारतकोलागी टेस्ट, टी-२० र एकदिवसीय लगायतका सम्पुर्ण खेलहरु खेलेका छन्।
उनको जन्म सन् १९८३ केरलामा भएको थियो। उनले २५ अक्टूबर २००५ मा टीम श्रीलंकाकोविरुद्ध एकदिवसीय क्रिकेट खेलेर आफ्नो करियरको शुरुवात गरेका हुन्। उनले आफ्नो जीवनमा कुल २७ टेस्ट र ५३ एकदिवसीय खेलेका छन्। उनले टेस्ट म्याचमा एक साथ ५ विकेट लिएका थिए।