वीरगञ्ज– बुधबार बिहान वीरगंज महानगरपालिका–१४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा आगलागी भएको छ। वीरगञ्ज, कलैया र पोखरीयताबाट आएको तीन वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो।
वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले जनाए।
आगलागी कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।