काठमाडौं– चन्द्रागिरी हिल्स लिमिटेडले जन्मदिनमा चन्द्रागिरी जानेलाई केवलकार सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क केवलकार सेवा प्रदान गर्ने भएकाे छ।
चन्द्रागिरी भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। यो योजना अन्तर्गतकाे सेवा लिन भने पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने छ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।