काठमाडौँ, २५ माघ – प्रतिनिधिसभा बैठकमा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका विषयमा जारी गरेको वक्तव्यबारे प्रश्न उठेको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद भीमसेनदास प्रधानले भेनेजुएला प्रकरणका बारेमा ओली र प्रचण्डले नेपालको परराष्ट्र नीतिविपरीत बोलेको आरोप लगाएका छन्।
उनले भने, ‘प्रधानमन्त्रीले त्यो वक्तव्य ‘वर्ड स्लिप’ भएको भन्न’भयो, तर हिजोमात्र क. प्रचण्डले त्यो आधिकारिक नै हो भन्न’भएको छ, कहीँ नभएको जात्रा नेपालमा भएको छ।’सांसद प्रधानले उक्त वक्तव्य प्रधानमन्त्रीको हो कि अर्का अध्यक्ष प्रचण्डको हो भन्नेमा प्रस्ट पार्नुपर्ने माग गरेका छन्।
त्यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सांसद गगनकुमार थापाले नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेकाले यसबारेमा प्रदेशसँग छलफल हुनुपर्ने बताए।
प्रदेश सरकारको अधिकारको अनुसूची ६ र संघ तथा प्रदेशको संयुक्त अधिकारको अनुसूची ७ मा भ“मि ऐनको व्यवस्था गरिएको छ। थापाले भने, ‘यो ऐन बनाउँदा प्रदेश सरकारसँग छलफल भएको छ कि छैन, सुकुमबासीका अव्यवस्थित समस्याबारे छलफल भएको छ कि छैन, स्थानीय सरकारसँग भूमिसुधार साझेदारी गरिएको छ कि छैन र प्रदेशको अधिकारमा सचेत छ कि छैन?’