काठमाडाैं– राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन्। सोमपालले प्रेमिका प्रतिभा घिमिरेसंग आज लगनगाँठो कसेँका हुन्।
चोटका कारण घरेलु मैदानमा हुने ओमान र अमेरिकासंगको सिरिजमा टोली बाहिर रहेका सोमपालले यहि मौकामा लगनगाँठो गरेका हुन्।
विगत लामो समयदेखी प्रेम सम्बन्धमा रहेका सोमपाल र प्रतिभाको बैवाहिक समारोहमा सिमित क्रिकेटर र साथीमात्र सहभागी भएका छन्।