धनुषा, २५ माघ – जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ।
पुरातत्व विभागका टोलीसँग आएका युनेस्कोका प्रतिनिधि क्रिष्टन म्यानहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा छलफल गरेका हुन्।
सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भएपनि अझै केही गर्नुपर्ने बाँकी रहेको म्यानहर्टले जानकारी दिएका छन्।
म्यानहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेको उनले बताए।
उपमहानगरप्रमुख साह तथा उपप्रमुख रीताकुमारी मिश्रले म्यानहर्टलाई सम्मान पनि गरेका थिए।