काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित भारत प्रस्थान गरेका छन्। आइतबार (आज) पूर्व राजारानी भारतको सिलिगुडीतर्फ प्रस्थान गरेका हुन्।
उनी सिलिगुडीमा रहेका आफन्तसँगको भेटघाटका लागि त्यस तर्फ लागेका हुन्। पूर्व राजाका सचिव डा. फणिराज पाठकले पश्चिम बंगालको सिलिगुडी र सिक्किमको करिब साताव्यापी यात्राका क्रममा पूर्व राजारानीले दार्जिलिङ पनि भ्रमण गर्ने कार्यक्रम रहेकाे जानकारी दिएका छन्।
पूर्व राजा दार्जिलङमा आफूले अध्ययन गरेको विद्यालयमा जाने सम्भावना रहेको बताइएको छ।