पाल्पा – नेपाली काँग्रेसका पाल्पाका पूर्वसांसद सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ।
पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका थिए। विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए।
उनी मिर्गौला रोगबाट पीडित थिए। उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले बताएका छन्। उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो।