काठमाडौं– काठमाडौंको अनामनगरमा ट्राफिक प्रहरीले नेपाल प्रहरीकै गाडीमा ह्विल लक गरेको छ। ना १ झ १४२५ नम्बरको प्रहरीका गाडीमा महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले ह्विल लक लगाएको हाे।
प्रहरीकाे गाडी सडक ढाकेर पार्किङमा राखेको कारण महानगरीय ट्राफिक प्रहरी महाशाखाले लक लगाएको बताएको छ। अनाधिकृत रूपमा पार्किङ गर्ने हक कसैलाई नभएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।
महाशाखा प्रमुख भीम ढकालले उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको जानकारी दिएका छन्। उनले भने, ‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं।’