जनकपुर– प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ। प्रदेश २ मा सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो।
प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने बताएको छ। २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ।
यस पटकको बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ।