काठमाडौं– कतार यएरवेज शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध नेपाल पुलिस क्लब विजयी भएको छ। शनिबार भएको खेलमा पुलिसले जावलाखेललाई २–० गोलले हराएको हो।
पुलिसको जितमा सौजन राई र कप्तान सुमन सुवेदीले गोल गरेका थिए। सातदोबाटास्थित एन्फा कम्पेलक्समा भएको खेलको २६ औं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो। उसको लागि सौजन राईले गोल गरेका थिए।
त्यस्तै दोस्रो हाफको ४८ औं मिनेटमा सुमन सुवेदीले गोल गर्दै पुलिसको अग्रता दोब्ब्र बनाएका थिए। त्यसपछि खेलमा थप गोल निस्कन सकेन र पुलिसले खेल जित्यो। लिगमा पुलिसको यो तेस्रो जित हो। पुलिसले ७ खेलबाट ११ अंक जोडेको छ।