काठमाडौं– सन् २०१९ मा भएको कोरियन भाषा तथा सिप परिक्षण को नतिजा संग सम्बन्धित बिषय एचआरडी कोरियामा गुनासो गरेसंगै एचआरडी ले आफ्नो बिज्ञप्ती जारी गरेको छ। सिप परिक्षणको कलर भिजन मा आधारित रहेर सयौँ भाषा पास गरेका परिक्षार्थी हरुले असन्तुष्टी ब्यक्त गरेर ईपिएस नेपालको कार्यालयमा गुनासो गरेपछी ईपिएस नेपालले एचआरडी कोरिया संग यसबारेमा सोधेको थियो ।
एचआरडी ले जारी गरेको बिज्ञप्तीमा यसो भनिएको छ।
जनावरी १४ मा गरेको रिजल्टमा एच आर डी कोरियाले प्राविधिक समस्याका कारण आफू बाट गल्ती भएको कुरा स्वीकारेको छ। पीडित साथीहरुले कलर ब्लाइन्ड र physical unfit बाहेक अरु सबैलाई पास गराउन राखेको माग एच आर डी कोरियाले स्वीकार गर्न नसक्ने कुरा बताएको छ।
एच आर डी कोरियाले skill test को विस्तृत रिजल्ट सार्वजनिक गर्नु एच आर डी कोरियाको नियम विरुद्ध भएकोले सार्वजनिक गर्न अस्वीकार गरेको छ। पीडित साथीहरुले २०२० मा टपिक परिक्षा नदिएर सिधै skill test दिन पाउनु पर्ने मागमा एच् आर डी कोरियाले यो पनि आफ्नो सिद्धान्त विरुद्ध भएको र अरू सबै देशमा यसको पालन भइरहेको हुँदा नेपाललाई पनि यसको पालना गरिदिन आग्रह गरेको छ र उक्त मागलाई अस्वीकार गरेको छ।
अन्तिममा भनिएको छ, हामी विनम्र अनुरोध गर्छौ प्रकाशित नतिजालाई स्वीकार गरिदिनुहोस् अन्यथा फेरि पनि यस्तै गुनासाहरु एच आर डी कोरियामा आएको खण्डमा इपिएस प्रणालीमा समस्या आउन सक्छ।