काठमाडाैं _ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।