काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले आफुँ सभामुख बन्ने खेलमा नलागेको बताएका छन्। शर्माले आफ्नो फेसबुक वालमा स्ट्याटस हाल्दै यस्तो स्पष्टोक्ति दिएका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘सभामुखको बिषयले संसद चल्न नसकी रहेको अवस्थामा छिटो टुङ्ग्याउनका लागि नेताहरू बिचमा सहजीकरणको भुमिकामा लागेको साचो हो तर म आफै सभामुख हुनका लागि होइन र दाबी पनि छैन।’
नेता शर्मा सभामुख बन्नका लागि दौडधुप गरिरहेको सुनिन थालेपछि उनले यस्तो स्पष्टोक्ति दिएका हुन्।