काठमाडौं– वर्षा र हिमपात गराउने शक्तिशालि मौसमी प्रणालीका कारण आज विहीबार देशैभरको मौसम बदली भएको छ।पश्चिमी न्यून चापी प्रणाली बुधबार रातिबाट नेपाल भित्रिएको हो।यो प्रणालीको कारण विहीबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ।
यो प्रणालीले देशका धेरैजसो भूभागमा पानी पार्ने मौसमविद्ले जानकारी दिएका छन्।महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
तीन दिनको मौसम पूर्वानुमानः
माघ २ गते(बिहिबार)
दिउँसोः देशको मध्य तथा पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भू्भागमा सामान्य बदली रहि बाँकि भू्भागमा आंशिक बदली रहनेछ।मध्य तथा पश्चिमी भूभागका केही स्थानहमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थामा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
माघ ३ गते(शुक्रबार)
दिउँसोःदेशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।साथै पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।देशका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ ४ गते(शनिबार)
दिउँसो– देशको पश्चिमी भू्भागमा सामान्य बदली रही बाँकी भू्भागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक बदलि भइ देशका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। देशका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षा साथै पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नका लागि सर्वसाधरण जनताहरुलाइ अनुरोध गरेको छ।