खादबारी– भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्का नाकामा सशस्त्र प्रहरी बलले बोर्डर आउटपोष्ट –बिओपी स्थापना गरेको छ।उत्तरी सिमानामा सशस्त्र प्रहरीको पहिलो पोष्ट भएको जनाइएको छ।
पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापा र प्रमुख जिल्ला अधिकारी जीवन दुलालले पोष्टको बुधबार संयुक्तरुपमा शुभारम्भ गरेका थिए।
जिल्ला सदरमुकामा खाँदबारीबाट १६२ किलोमिटर दूरीमा सो पोष्ट रहेको छ। बिओपी स्थापना गर्न दुईतले घर भाडामा लिइएको छ।
किमाथाङ्काको बिओपी नेपाल–चीन सिमानाको एक किलोमिटर दूरीमा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। किमाथाङ्कासँगै सशस्त्र प्रहरीको बिओपी सङ्ख्या ११२ पुगेको छ। रासस