विराटनगर– स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली खानाको परिकारको स्वादको अनुभूति गराउन ‘विराट सडक महोत्सव’ शुरु भएको छ।
मन्जिना मुभिज क्रिएशनद्वारा आयोजित बुधबारदेखि शुरुभएको महोत्सव ट्राफिकचोकदेखि महेन्द्र चोकसम्म यही माघ ४ गतेसम्म सञ्चालन हुने छ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सवको उद्घाटन गर्दै भ्रमण वर्षलाई सफल बनाउनुको साथै स्थानीयस्तरमा उत्पादन भएको बस्तुको प्रवद्र्धनमा महोत्सवले सहयोग पु¥याउने बताएका छन्।
महोत्सवमा नेवारी, थारू, मारवाडी, थकाली राजवंशीलगायतका समुदायका विभिन्न परिकारहरुको तीन दर्जन प्रदर्शनीकक्ष रहेको क्रिएशनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिउ।
दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने सडक महोत्सस्थलमा प्रदेश नं १ का रमणीय पर्यटकीय गन्तव्यहरूको तस्वीरसमेत राखिएको छ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ। महोत्सवको एक लाख दर्शकले प्रत्यक्षरूपमा अवलोकन गर्नुका साथै रु एक करोडको कारोवार हुने लक्ष्य राखिएको छ। (रासस)