काठमाडाैं– मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै ‘माघे सकराती’ पर्व मनाएका छन्। बुधबार टुँडीखेलमा भेला भएका मगर समुदायले आ–आफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन्।
माघे संक्रान्ति पर्वको अवसर पारेर नेपाल मगर सङ्घद्वारा आयोजित ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ मा मगर वेशभूषा, कला संस्कृति तथा मगर समुदायको मौलिक खानाको परिकार प्रदर्शनीमा राखिएको छ।
महोत्वसको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न जातजातिको मौलिक कला संस्कृतिमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनुपर्ने बताए। उनले समृद्ध नेपाल निर्माण गर्न विभिन्न समुदायको कला संस्कृति तथा चाडपर्वलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिए।
नेपाल विविधतामा एकताले युक्त मुलुक भएको उल्लेख गर्दै उहाँले शान्ति, सद्भाव तथा भ्रातृत्वलाई प्रवद्र्धन गर्न थप एकताबद्ध भएर काम गर्नुपर्ने बताए। मगर र थारु समुदायले एकै स्थानमा माघे संक्रान्ति र माघी पर्व मनाएर एकताको सन्देश दिएको उहाँको भनाइ थियो।
‘हामीले एउटै नारा, उद्देश्य र लक्ष्यलाई बोक्न सक्नुपर्दछ, त्यो भनेको समृद्ध नेपाल हो’, उपराष्ट्रपतिले भने, ‘आगामी दिनमा पनि सबै समुदाय एकताबद्ध भएर सबै चाडपर्वको संरक्षण, संवर्द्धन र विकास गर्न सक्नुपर्छ।’ महोत्सव दुई दिनसम्म चल्नेछ। रासस