काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छुटाउन आफू लागिपरेको बताएका छन्।
टुँडिखेलमा आयाेजित माघी महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका चौधरीलाई छिट्टै छुटाइने जनाएका हुन्। उनले चौधरीलाई डिल्लीबजार जेलमा पुगेर भेटेको कुरा स्मरण गराउँदै चौधरीलाई सपथ गराई माननीयको दर्जा दिलाउने पक्षमा आफू रहेको स्पष्ट पारेका छन्।
टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्ने बहस चलिरहेको र चौधरीलाई बाँकीलाई छिट्टै जेलमुक्त गराइने उनले बताएका छन्। थारु मात्र नभइ अरुको पनि झुटा मुद्दा खारेज गर्नुपर्ने उनको तर्क छ। पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उनले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताए।