काठमाडाै- उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन्। पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब ५ वर्षपछि रेल विभागले कुल २२ किलोमीटरमध्ये महाराजगञ्ज–सातदोबाटो रुटको डीपीआर बनाउन एक नेपालीसहित चिनियाँ कम्पनी छनोट गरेको हो।
मेट्रो रेलको डीपीआर तयार गर्ने काम भने डेढ महीनाभित्र शुरु गरिने भएको छ। रेल विभागले तयार गरेको पूर्वसम्भाव्यता अध्ययनका आधारमा पहिलो चरणमा महाराजगञ्जदेखि सातदोबाटो खण्डको डीपीआर तयार गरिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
यसैगरी बूढानीलकण्ठ–महाराजगञ्ज र सातदोबाटो–खोकना खण्डमा पनि सम्भाव्यता अध्ययन गरिने उनले जानकारी दिए। उक्त मेट्रो रेल बूढानीलकण्ठदेखि महाराजगञ्ज–रत्नपार्क हुँदै सातदोबाटो–खोकनासम्म पुग्नेछ। यो खबर आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी हुन्।