काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको उल्लेख गर्दै त्यसो नगरिदिन आग्रह गरेको छ। पछिल्लो समय नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवा प्रदायकका मोबाइल टावरमाथि शृंखलाबद्ध आक्रमणका घटना भइरहेका छन्।
मंगलबार(आज) बिहानमात्रै काठमाडौंका दुई स्थानमा मोबाइल टावरमाथि आक्रमण गरीएकोे छ। यसअघि पनि एनसेलको भैंसेपाटीस्थित मुख्यालयमै आक्रमण भएको थियाे। विप्लवद्धारा गरेको उक्त आक्रमणमा एक जनाको मुत्यु नै भएको थियो। सरकारद्वारा प्रतिबन्धित विप्लव समूहलगायतको संलग्नतामा यस्ता आक्रमणका घटना बढिरहेका बेला दूरसञ्चार प्राधिकरणले भने यस्तो कार्य नगरिदिन सम्बन्धित पक्षसँग अनुराेध गरेको छ। दूरसञ्चारले सूचना नै जारी गरी यस्तो आग्रह गरेको हो।
‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको सन्दर्भमा यासरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरूमा पर्न जान्छ। नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अतिआवश्यक दूरसञ्चार सेवाको पूर्वाधार टावरलगायतका प्रणालीमा क्षति नर्पुयाउन अनुरोध गरिन्छ ।’