सोल – रोजगारीको शिलशिलामा कोरियामा कार्यरत पाँचथरका एक युवकले गएराती आत्महत्या गरेका छन।
विवेक राई नाम गरेका उनी बिगत साढे दुई बर्ष अगाडी देखी ईपिएस भिषामा कोरियामा कार्यरत थियो। छल्लाबोक्दो छङ्गुप सि मा रहेको फेदुल नोङ्जाङ नामक बंगुर फार्ममा कार्यरत उनी नोङ्जाङ भित्रै डोरी लगाएर झुन्डीएको अबस्थामा आज बिहान मृत फेला परेको थियो।
कम्पनीमा संगै काम गर्ने नेपाली साथी डम्बर थाम्सुहाङ ले बताएअनुसार हिजो संगै खाना खाएर सुतेको उनी राती बाहिर निस्कीएको आफुले थाहा नपाएको साथै बिहान हेर्दा साथी नभएपछी खोज्दैजाँदा कम्पनीकै भित्र भर्याङ्ग हालेर झुन्डीएको फेला पारेको बताएका छन्।
साथी झुन्डीएको देख्नासाथ आफ्नो साहुलाई फोन गरेर जानाकारी गराएर साहु आईसके पश्चात प्रहरीमा खबर गरेको बताएका छन। घटनास्थलमा प्रहरी पुगीसके पछी मृत शरिरलाई निकालेर पोस्टमार्टमको लागी लगिएको छ।
अबिबाहित मृतक राईको घर पाँचथर भएको बताईएको छ।घटनाको मुख्य कारण के हो भन्ने बारेमा विस्तृत जानाकारी नआईसकेको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ।घटनाको बारेमा कोरियामै रहेका मृतकका सोल्टीलाई खबर गरिसकिएको र उहाँ घटनास्थल तर्फ लागेको जानाकारी प्राप्त भएको छ।
यसबारेमा नेपाली राजदुताबासका श्रम सहचारी डिल्लीराम बास्तोला लाई जानाकारी गराईएको छ। दुताबास श्रोतले यसबारेमा पुरा बुझेर कानुनी प्रकृया लगायत दुताबासले गर्नुपर्ने सबै काम लगत्तै गर्ने आश्वासन दिनुभयो।