पोखरा– पोखरा उद्योग वाणिज्य सङ्घले मेलाका अवसरमा आइतबार विटुवि र विटुसि मिटिङको पनि आयोजना गरियो। व्यवसायी–व्यवसायी तथा व्यवसायी र क्रेताबीच उक्त कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका शाखा अधिकृत जगन्नाथ पाण्डेले गरेका थिए।
उत्पादकले क्रेताको मनोभावना र चाहनाअनुसारका उत्पादनमा ध्यान दिनुपर्नेमा पाण्डेले जोड दिए। बिक्रेताबीचको सम्बन्धले पनि व्यापार बढ्ने उनको भनाइ छ। सङ्घका वरिष्ठ उपाध्यक्ष नारायण कोइराले उद्यमशीलता सिकाउनु तथा व्यवसायीमा प्रतिष्पर्धी क्षमताको विकास गराउन सङ्घले यस किसिमको मिटिङ राखेको जानकारी दिएका छन्।
कार्यक्रम संयोजक तथा सङ्घका उपमहासचिव चिनुकुमारी गुरुङले आफ्ना उत्पादन तथा सेवाको गुणस्तर कायम गराउन सकिएमात्र व्यवसाय विस्तार हुने बताएका छन्।
(रासस)