डडेल्धुरा — सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ। बढ्दो हिमपातका कारण सडक अवरुद्ध भए पनि सडक सफा गर्ने प्रभावकारी व्यवस्था हुन नसक्दा यात्रुहरु मारमा परेका छन्।
राजमार्गका विभिन्न भागमा हिउँ जम्दा र पहिरो झर्दा यातायात सञ्चालनमा जोखिममा बढ्दै गइरहेको छ। वर्षेनी हिमपात हुने यी राजमार्गमा डोजर तथा स्काइभेटको प्रयोगबाट तत्काल बाटो त खुलाइन्छ तर सफा गर्दा कालोपत्रे नै उप्किने भएकाले सडकको गुणस्तर पनि खस्किँदै गइरहेको बतार्ईएको छ।
भीमदत्त राजमार्गअन्र्तगत गैरा बजारदेखि भात्काँडासम्म, दशरथचन्द राजमार्गको अनारखोली–खोडपे,बझाङ्गको श्रीभावर क्षेत्र, बैतडीको सतबाँझदेखि जिल्ला सदरमुकामसम्मका स्थानमा अत्याधिक हिमपात हुने भए पनि सडक सफा गर्ने एउटा पनि रब्बरको पिष्टनबुली मसिन राखिएको छैन। जसका कारण दुर्घटना बढ्दै गएको छ।
हिमपातको बाटो खुलाउन तथा राजमार्गको क्षतिलाई कम गर्न तीन तहका सरकार र अन्य सरोकारवाला निकायले खासै तदारुकताका साथ काम नसकेकोप्रति सबैले गुनासो पोखेको पाइन्छ।