वीरगञ्ज– वीरगञ्जको भिश्वामा पानीमा डुबेको अवस्थामा एक युवककाे शव फेला परेकाे छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाका अनुसार अन्दाजी २९ वर्षीय युवककाे शव फेला परेकाे हाे।
केही दिन अघिदेखि नै पानीमा शव रहेको हुन सक्ने प्रहरीको अनुमान छ। युवकको शरीरमा कुनै किसिमको चोटपटक र निल डाम नदेखिएको र पोष्टमार्टमपछि मात्रै मृत्युको कारण थाहा हुने बताइएकाे छ।
शव पोष्टमार्टका लागि नारायणी अस्पतालमा पठाइएको छ। युवकको पहिचान भने खुल्न सकेको छैन।