काठमाडौं– ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरिएको छ। ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले माइक र स्टप बोर्ड हस्तान्तरण गरिएका सामग्रीहरले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने बताए।
मन्त्री मानन्धरको अनुसार पैदल यात्रुलाई व्यवस्थित गर्न सकिए सम्पूर्ण ट्राफिक नै व्यवस्थापन हुने बताउँदै बाटो काट्दा स्टप लेखिएको बोर्ड बोकेर पास गर्नुपर्ने र माइकबाट पनि सन्देश प्रभाह हुने जनकारी दिए।सुरुमा सिंहदरबार र बानेश्वरमा परिक्षणका रुपमा उक्त सामग्रीहरु प्रयोग गरिने छन्। ट्राफिकलाई प्राप्त सामग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताए।
उनको अनुसार ‘पैदाल यात्रुले जेब्रा क्रसिङ वा आकाशे पुलबाट मात्रै बाटो काट्नुहोला, बाटो काट्दा सडकको दायाँबायाँ अनिवार्य हेर्नुहोला’ जस्ता सन्देश माइकमा बस्ने बताए।