बारा– बारामा विभिन्न स्थानमा रहेको २४ सय ५४ बिगाहा सार्वजनिक जग्गा भूमाफियाको चंगुलमा, चिहानघाट पनि व्यक्तिको बनाइयो।
१६ वटै जिल्लाका स्थानीय तहमा सार्वजनिक जग्गाको विवरण भए पनि स्थानीय जनप्रतिनिधिलाई खासै चासो नहुँदा सार्वजनिक जग्गा व्यक्तिहरुले आफ्नो नाममा कब्जा गएका हुन्। राष्ट्रिय गौरवका ४ आयोजना पर्ने बारामा भूमाफियाले सार्वजनिक जग्गालाई आफ्नो नाममा पार्ने चलखेल गरिरहेका छन्।
जसमध्ये सबैभन्दा बढी जितपुर सिमरा उपमहागरपालिका र कोहल्बी नगरपालिकामा भूमिमाफिया, जनप्रनिनिधि तथा मालपोत नापीका कर्मचारी संलग्न भएको भन्दै विभिन्न उजुरी तथा प्रमाणहरु सार्वजनिक भइसकेका छन् यति हुदा पनि मालपोतबाट प्राप्त विवरण हालसम्म खोजी गर्नेतर्फ स्थानीय तहले केही चासो नदेखाउदा बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल भने संसद विकास कोषको रकमलाई पनि जंगलभित्रबाट बाटो खोलेर जग्गा प्लटिङ्गमा लगाइएको बताए।
यस विषयमा विवाद उत्पन्न भएपछि सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगले केही दिनअघि बारामा सरोकारवाला पक्षसँग छलफल गरी चलखेल भएको ठहर समेत गरेको थियो।
प्रमुख डा. कृष्ण पौडेलले भने जितपुर सीमरा उपमहानगरपालिकाका सार्वजनिक जग्गामा भूमाफियाको पर्ती जग्गा, खुल्ला चौर, चिहानघाट, मंदिर, पोखरी गुठी, ओला नहर, रेल्वेका जग्गाहरुमा भूमाफियाले लालपूर्जा बनाई बिक्रीवितरण समेत गर्दै आएका छन्।
चलखेल भए पनि सरकारको स्पष्ट नीतिबिना आफूहरुले मात्रै केही नगर्न सक्ने अवस्था धारणा राखे। कीर्ते गरेर सार्वजनिक जग्गा हडपेको पाइए छानबिन गरेर त्यसलाई खारेज गर्न सकिने मालपोत अधिकृत रामकृष्ण उप्रेतीको भनाइ छ। सार्वजनिक जग्गा जाचबुझ आयोगले भने पर्याप्त सूचना नआएको जनाएको छन्।