सुर्खेत– सुर्खेतमा आज विहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। सुर्खेतबाट जाजरकोट जाँदै गरेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातको माइक्रोबस छिन्चु जाजरकोट सडकखण्डको बालुवासंग्रही भन्ने स्थानको सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेमध्ये पाँच जना गम्भीर घाइते छन् र ती घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज अस्पतालमा र्पुयाइएको छ।
दुर्घटनाको कारण अझै खुलेको छैन, भने तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।