काठमाडौं- नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ।
अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भयाे। त्यसपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थाल्याे। यसै क्रममा नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हाे।
शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बुधबार नेपाली सेनाले विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ।
