काठमाडौं– सेन्ट जेभिएर कलेजले १५ फेब्रुअरीमा ‘एसएक्ससी कम्प्युटर फेस्टीभल २०२०’ आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रममा कम्प्युटर तथा टेक्नोलोजी सँग सम्बन्धित विभिन्न प्रतिभाहरु प्रदर्शनी गर्ने अवसर दिइने छ।
यस इभेन्टमा वेब डिजाइनिङ प्रतियोगिता, कोड प्रतियोगिता, ग्राफिक डिजाइन प्रतियोगिता, रोबो वार्स, आइसीटी क्विज प्रतियोगिता, आइसीटी टक एण्ड फेयर ड्रोन फ्लाइङ भर्चुअल रियालिटी फुड तथा गेम स्टल लगायत अन्य विभिन्न क्रियाकलापहरू सम्पन्न गरिने जनाइएको छ।