काठमाडौँ, २१ माघ – नेपाली कांग्रेसले सरकारका गलत कदमविरुद्ध सोमबार देशैभर विरोध प्रदर्शन गर्दै छ। कांग्रेसको माघ १३ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सोमबार विरोध प्रदर्शन गरेको हो।
सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, महँगी, कुशासन, बलात्कार लगायत आपराधिक घटना बढेको तथा केपी ओली नेतृत्वको सरकारको अधिनायकवादी चरित्रविरुद्ध कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
७७ जिल्लाकै सदरमुकाममा प्रदर्शन भइरहेको प्रवक्ता शर्माले बताए। प्रदर्शनलाई सशक्त र प्रभावकारी बनाउनका लागि केन्द्रीय सदस्य तथा जिल्लास्थित नेताहरुलाई खटाइएको प्रवक्ता शर्माले बताए।
कांग्रेसका काठमाडौँ सभापति सबुज बानियाँका अनुसार काठमाडौँमा १ बजेबाट प्रदर्शन सुरु भएको छ। शहरका विभिन्न भागको परिक्रमापछि र्याली शान्तिवाटिकामा पुग्ने छ।
र, शान्तिवाटिकामा विरोधसभा गरिने बानियाँले बताए, वाइडबडी खरिदमा भएको अनियमितता छानवीन, बूढीगण्डकी बहुउद्देश्यीय परियोजना बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय तथा केपी ओली नेतृत्वको अधिनायकवादी चरित्रविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो।