वीरगञ्ज – प्रहरीले वीरगञ्जको मटिअर्वामा रहेकाे दुई दर्जन घरटहरा भत्काएको छ। सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरहरू हटाउन बारम्बार अनुरोध गर्दा नमानेकाले प्रहरीले घरटहरा भत्काएको बताइएकाे छ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिअर्वाका र सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले छोटी भन्सार कार्यालय तथा दशगजा क्षेत्रका करीब डेढ कठ्ठा जग्गामा अतिक्रमण गरी बनाइको टहरा भत्काएकाे हाे।