काठमाडौं– बिहीबार एक समूहले ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित सातौँ राष्ट्रिय पोशाक दिवस मनाइएको छ। राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतीघरमा सद्भार्व र्याली निकाली दिवस मनाएको हो।
राष्ट्रिय पोशाक संरक्षण महाअभियानले नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने भन्दै २०७० साल यता पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउने गरेको छ।
महाअभियानका संयोजक राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेकोे बताए। यसका साथै उनले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको जनाएका छन्।