विराटनगर — तराईमा अमेरिकन फौजी किराको प्रकोप बढ्दै गएको छ। बिरुवामा फौजी किराको लार्भाको संक्रमण भएसँगै किसानहरु चिन्तीत भएका छन्।
सुरुमा पूर्वी पहाडि क्षेत्रमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप अहिले तराईका केही जिल्लमा पनि देखा परेको छ।
फौजी किराको प्रकोप अहिले झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा धानमा फैलीएको फौजी किरा अहिले मकै खेतीमा पनि लाग्न थालेको छ।
गत जेठ महिनायता खोटाङ, धनकुटा, ओखलढुंगा, पाँचथर, भोजपुर, तेह्रथुमसहित तराईका जिल्लामा समेत प्रकोप देखा परेको हो। किराले सम्पूर्ण प्रदेशभित्रको २ हजार सात सय १० हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा नोक्सान र्पुयाएको प्रदेश १ कृषि निर्देशनालय विरानगरले जनाएको छ।
बाली संरक्षण प्रयोगशाला विराटनगरका बाली संरक्षण अधिकृत मुकेश यादबले एक रातमा १०० किलोमिटर टाढासम्म उड्न सक्ने भएकाले यसलाई समयमै नियन्त्रण गर्न नसके यसले बाली नै सखाप बनाउने बताउका छन्।
पूर्वी तराइका झापा, मोरङ र सुनसरी ३ वटै जिल्लाहरुका धेरै मकैबालीमा यो किराको लार्भाहरु र बयस्क पुतलीहरु भेटिएका छन्। अहिले प्रदेश सरकारर्ले यापिड रेसपोन्ज टिम गठन गरी प्रकोप नियन्त्रणको पहल थालेको छ।