रसुवा – रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको आज शिलान्यास गरिएको छ।
तीन वर्षभित्रै निर्माण कार्यसक्ने लक्ष्यका साथ गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको शिलान्यास गरिएको हो।
झण्डै २० अर्ब ३९ करोड लागत रहेको आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत लगानी रहनेछ।आयोजनाका निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताए।
आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्तरूपमा शिलान्यास गरेका हुन्।