काठमाडौं — एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई रिचार्जर एपले सहयोग स्वरुप रु ५२ हजार २० रुपैयाँ प्रदान गरेको छ।
पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले एपको विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा सो रकम बराबरको चेक हस्तान्तरण गरेसँगै आफ्नो तर्फबाट पनि ५० हजार रकम सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
मुस्कानमाथि एसिड प्रहार भएपछि स्वदेश तथा विदेशका चर्चित कलाकार, खेलाडी तथा विभिन्न क्षेत्रबाट सामाजिक सञ्जाल र प्रत्यक्ष रुपमा शुभकामना तथा हौसला प्राप्त भएको थियो।
गत भदौ महिनामा वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा दुई युवकले मुस्कानलाई एसिड प्रहार गरेकाा थिए। त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्यनरत छपकैया २ निवासी १५ वर्षीया खातुनमाथि भएको एसिड प्रहारले उनको शरीरको एक भाग पूर्ण रुपले जलेको छ भने मुख, हात, छाती र पाखुरामा गम्भीर चोट लागेको छ।
एसिडबाट गम्भीर घाईते बनेकी मुस्कान खातुनको कीर्तिपुरस्थित वर्न अस्पतालमा लामो समयसम्म उपचार गरिएको थियो। एसिड प्रहार गर्ने दुई युवक अहिले हिरासतमा छन्।