काठमाडौँ — मिर्गौलाको नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन्।
शुक्रबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको डायलासिस गरिँदैछ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।