झापा– गौरादह नगरपालिका वडा नं ७ ग्वालडुब्बाका धनबहादुर कट्वालको मोटर साईकलमा पेट्रोल हाल्ने वित्तीकै आगो लागेको छ।
गौरदह १ मा रहेको नवदुर्गा पेट्रोल पम्पमा पेट्रोल होलेका उनले मे २ प ३०८१ नम्वरको पल्सर माेटरसाईकल चलाउन खोज्दा अचानक आगो लागेको बताए। हतार हतार पम्पबाट बाहिर निकालिएको उनको माेटरसईकल जलेर पूर्ण रुपमा क्षती भएको छ ।
स्थानीयवासीको सहयोगमा आगो करिब आधा घण्टापछि मात्र नियन्त्रणमा आएपनि मोटरसाईकल कामै नलाग्ने गरि जलेको छ । मोटरसईकलको वाईरिङ सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।