पर्सा – पर्साकाेछिपहरमाई गाउँपालिका–१ मिर्जापुरकाे एक घरमा आगलागी भएकाे छ। मंगलबार बिहान संजित महतो कोइरीको खपडाले छाएको घर र भान्साघरमा आगलागी हुँदा ५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
कोइरीको घर र घरभित्र रहेका ना ६२ प ४२५३ र बी आर २२ के ९५३२ नम्बरको दुईवटा मोटरसाइकल, भण्डारण गरी राखेको २५ क्विन्टल धान तथा ५ क्विन्टल चामल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको र आगलागी कसरी हुन पुग्यो भन्नेबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।