काठमाडौं– ६ बर्षअघि नै मुआब्जा दिएको घर र जग्गा स्थानीयले नछाडेपछि साँखुमा ती संरचना भत्काउन जनप्रतिनिधि नै खटिएका छन्।
शंखरापुर नगरपालिका–१ नाङ्लेभारेको बजारमा सरकारले अधिग्रहण गरिसकेको जग्गामा रहेका पसल, घरका पेटीे डोजर लगाएर भत्काइएको वडाअध्यक्ष श्याममणि ढुंगानाले बताए।
‘हामीले पटकपटक पसल, टहरो भत्काउन अनुरोध गर्दा पनि नभत्काएपछि ती पसल, घरका पेटी भत्काइएको हो’, उनले भने ‘उनीहरु त्यहाँ जबरजस्ती बसिरहेका थिए।
सोमबार नाङ्लेभारे बजारमा ६ वटा घरका पेटी भत्काइएको छ। वडाअध्यक्ष ढुंगानाका अनुसार सडक १० मिटर फराकिलो पार्नको लागि ६ वर्षअघि नै स्थानीयको जग्गाको मुआब्जा वितरण गरिएको थियो।