एजेन्सी– स्विडेनको आइस होटल, याे हरेक वर्ष शरद् ऋतुमा बनाइन्छ र पाँच महिनापछि नदीमा विलिन हुन्छ।
सन् १९८९ मा पहिलो पटक बनेको होटलले यस वर्ष ३० औं वर्षगाँठ मनाइरहेको छ। होटलका संस्थापक यंगवे बर्ग्क्विस्टे विशेष बनाएका छन्।
१६ देशका ३३ कलाकारले एक हप्ताभित्रै तयार गरेका छन्। १२ बेडरुम, आइस बार र लेपर्ड बनाइएको छ। यंगवे भन्छन,होटल आर्क्टिक सर्कलभन्दा २ सय किलोमिटर टाढा नदीमा बनेको छ।
यहाँको तापक्रम माइनस १८ देखि ४० डिग्रीसम्म हुन्छ। हरेक वर्ष करिब ७० हजार मानिसहरु छुट्टी मनाउन आउँछन्।
होटलमा एक हजार ब्लक राखिएका छन्। ब्लकको तौल करिब साढे दुई टन छ।