नर्सिङ एसोसिएशन अफ नेपाल (एन.ए.एन) नर्सहरूको छाता संगठन हो। नर्सहरूको पेशागत अधिकार र चासोहरूको संरक्षणका साथै उनीहरुको हकहितमा पहलकदमी लिने उद्देश्यले यसको स्थापना भएको हो।
अहिले यो संस्था नयाँ नेतृत्व चयनको प्रकृयामा छ। यहि पौष ९ गते नयाँ नेतृत्वको लागि चुनाव हुँदैछ। नेतृत्व हासिल प्रगतीशिल र लोकतान्त्रिक गरी दुई उम्मेद्वारहरु आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
प्रगतिशिलतर्फ मनकुमारी राईको नेतृत्व र लोकतान्त्रिकतर्फ मुना राना थापाको नेतृत्वमा चुनावी रस्साकस्सी चलिरहेको छ। यहि बिचमा नर्सिङका केहि पुर्व विद्यार्थीहरु भने लोकतान्त्रिक समुहकी उम्मेद्वार मुना राना थापाको बिरुद्धमा अभियान नै चलाईरहेका छन्। ति विद्यार्थीहरु मुना रानाले नै पढाएकी हुन र विद्यार्थीहरुले मुना रानाले आफुँहरुमाथी निकै ज्यादती गरेको दावी गरिरहेका छन्।
यसै सन्दर्भमा वीरगञ्ज नर्सिङ क्याम्पसको पूर्व विद्यार्थी सृष्टि घिमिरेसँग नेपाली पब्लिककी संवाददाता सिद्धि रेग्मीले गरेको संक्षिप्त कुराकानीः
नर्सिङ एसोसिएशन अफ नेपाल (एन.ए.एन)को निर्वाचनलाई कुन रुपमा लिनुभएको छ ?
नर्सिङ पेशामा आवद्ध दिदिबहिनीहरुको प्रगतिका साथै यस क्षेत्रमा रहेका विविध समस्या, विकृतीहरुको निराकरण गर्नका लागि एउटा सबल नेतृत्व र कार्यसमितीको आवश्यकता हुन्छ। एउटा त्यस्तो कार्यसमिती जसले व्यक्तिगत स्वार्थलाई बिर्सिएर समग्र पेशाको हितका लागि सोच्न सकोस र त्यसै अनुसारको गतिविधी गर्न सकोस
अहिले हुन लागेको निर्वाचनबाट पनि हामी नर्सिङ पेशासम्बन्धितहरुको चासो भनेकै संगठनले एउटा सबल र सक्षम नेतृत्व पाओस भन्ने हो। तर, अहिलेका केहि उम्मेद्वारहरुलाई हेर्दा चाँहि हामी बिश्वस्त हुन सक्ने अवस्था छैन्।
अहिले तपाईलगायतका केहि पुर्व बिद्यार्थीहरु अध्यक्ष पदकी उम्मेद्वार मुना राना थापाको बिरुद्दमा अभियान नै चलाइरहेको हुनुहुन्छ नि, किन?
यो अभियान उहाँको बिरुद्दमा भन्ने किसिमले बुझ्नु भएन। मैले अघि पनि भनिसके हामी यो निर्वाचनबाट एउटा सबल र सक्षम नेतृत्व आवोस भन्ने चाहन्छौ। पेशागत हितलाई मध्यनजर गर्दै काम गर्न सक्ने नेतृत्व हामीले खोजिरहेका छौँ।
नेतृत्व भनेको अभिभावकसरह हुन भने सदस्यहरु सन्तानसरह। अभिभावक भएपछि सन्तानलाई माया र सरंक्षण गर्न सक्नुपर्छ। जसको बिगत नै आफ्ना बिद्यार्थीहरुमाथी ज्यादतीपुर्ण व्यवहार गरेर बितेको छ, उसलाई हामीले कसरी आफ्नो अभिभावक स्विकार्न सक्छौ?
यो हाम्रो अभियान मुना राना थापाज्यूबिरुद्द होईन मुना राना थापा प्रवृत्तिबिरुद्द चाँहि हो। उहाँको ठाँउमा यस्तै प्रवृत्तिका अरु कोहि पात्र भएको भएपनि हामी यहि अभियान चलाउने थियौ।
मुना रानाले विद्यार्थीहरुमाथी ज्यादती गर्नुहुन्थ्यो भन्न खोज्नुभएको हो?
हो। उहाँले ज्यादती नै गर्नुभएकाे हाे।
के आधारमा यस्तो आरोप लगाउँदै हुनुहुन्छ?
ति विद्यार्थीहरु जसले मुना राना थापाको विद्यार्थी हुँदा उनका ज्यादती भोगेका छन्, ति विद्यार्थीहरु जो उनको राजनितीक कोपभाजनको शिकार भएका छन्। ति विद्यार्थीहरु जो उनको सनकको कारण परिक्षा नै दिनबाट वञ्चित भएका छन्, ति विद्यार्थीहरुको भोगाईभन्दा ठुलो आधार के चाहिएला र?
ति विद्यार्थीहरुको फेसबुक वालमा गएर हेर्नुस त्यहाँ तपाईले देख्नुहुनेछ मुना रानाको क्रुरता, गएर भेट्नुस ति विद्यार्थीहरुलाई अनि थाहा पाउनु हुनेछ मुना राना थापाको असली रुप।
चुनावकै मुखमा आएर यो सब गर्दै हुनुहुन्छ, कसैबाट परिचालित पो हुनुहुन्छ की ?
गलत प्रवृत्ति र गलत व्यक्तिको बिरुद्धमा आवाज उठाँउदा परिचालित भन्ने आरोप आउनु स्वभाविक हो। तर, सबैले बुझ्नुपर्ने कुरा के हो भने ति विद्यार्थीहरुले आफुमाथी भएको ज्यादतीको बिरुद्धमा उठाएको आवाज हो यो।
फेरी पनि यस्ता प्रवृत्तिका विद्यार्थीहरुले कोहि विद्यार्थीहरुमाथि ज्यादती गर्ने साहस नगरोस भन्ने उद्देश्यबाट प्रेरीत भएर हामी सबै पिडित विद्यार्थीहरु एकजुट भएका हौँ।