काठमाडौं– सडक मानवमुक्त सहर अभियान अन्तर्गत ४ दिनमा २ सय १५ जनाको उद्धार गरिएको छ। २५ औं महानगर दिवसका दिन काठमाडौं महानगरपालिकालाई सडक मानवमुक्त महानगर घोषणा गरिएको थियो।
उक्त घोषणा अन्तर्गत महानगरलाई सडक मानवमुक्त बनाउन गत मंसिरको २९ गतेबाट अभियान सञ्चालन गरिएको थियो। उद्धार गरिएका २ सय १५ जनामध्ये ३१ जना महिला, १ सय ८० जना पुरुष, ३ जना बालक, १ जना बालिका रहेका छन्।
उनीहरुमध्ये १ सय ४५ जनालाई काउन्सेलिङ सेवा पश्चात् घर फर्काइएको महानगरले जनाएकाे छ।