काठमाडौं – भारतले प्याज निर्यात बन्द गरिसकेपछि, त्यसको विकल्पमा चीनबाट प्याज आयात गरिरहेको कालीमाटी तरकारी बजार विकास समितिका अधिकारी विनय श्रेष्ठले बताए।
प्याजको अभाव वा अरू कारणले निर्यात भारातले बन्द गरेको छ, उनले भने, मंसिर महिनासम्म प्याज नेपाल आए पनि पक्राउ परेको कारणले बन्द भएको छ ।’
भन्सार विभागको तथ्यांकलाई हेर्दा प्याजको आयात घट्दो छ। साउनदेखि कात्तिकसम्म ४ करोड १९ लाख ९५ हजार किलो बराबरको १ अर्ब ५८ करोड ७७ लाख ९४ हजार रुपैयाँको प्याज नेपाल भित्रिएको छ।
सबैभन्दा बढी प्याज आयात हुने छिमेकी राष्ट्र भारत र चीनमा रहेको छ। ३ लाख ८७ हजार रुपैयाँ १२ हजार केजी प्याज साउनमा भित्रिएको थियो। साउन महिनामा भारतबाट ४५ करोड ७७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ८६ हजार किलो प्याज भित्रिएको थियो।
५४ करोड ५७ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख १२ हजार किलोको प्याज नेपाल आएको छ। यसैगरि साउन र भदौमा चीनबाटे १७ लाख १५ हजार रुपैयाँको ४ हजार किलो प्याज नेपाल आएको छ।
चीनबाट प्याजको आयात बढेको देखिए पनि भारतबाट भने घटेको छ।
असोजमा भारतबाट ३४ करोड २० लाख ५७ हजार रुपैयाँ बराबरको ६९ लाख ९९ हजार किलो प्याज आएको तथ्यांकले जनाएका थिए।
यही महिना चीनबाट १६ लाख ९७ हजार रुपैयाँ बराबरको ३ लाख १४ हजार प्याज आएको हो। भारतबाट २१ करोड ८६ लाख १८ हजार रुपैयाँ बराबरको ४७ लाख ८० हजार किलो प्याज आएको छ। चीनबाट भने ३६ लाख ५७ हजार रुपैयाँ बराबरको ४२ हजार किलो प्याज आएको देखिन्छ।साउनमा १ करोड ४९ लाख २ हजार किलो प्याज आयात भएकामा भदौमा १ करोड ४९ लाख १६ हजार किलो भित्रिएको छ।
दुई महिनामा प्याजको आयात सामान्य देखिए पनि असोज र कात्तिकमा भने ७३ लाख १३ हजार किलो र ४८ लाख २२ हजार किलोले घटेको देखिन्छ।
साउनमा मात्रै ४५ करोड ९८ लाख ३० हजार रुपैयाँको प्याज आएकोमा भदौमा भने ५४ करोड ७५ लाख ३२ हजार रुपैयाँ बराबरको प्याज आयात भएको विभागको तथ्यांकले देखाएका छन्।
तथ्यांकअनुसार अघिल्लो महिनाको तुलनामा दुई महिनामा भने मूल्यको हिसाबल आयातमा कमी आएको छ। चीनबाट ४० र ४५ टन प्याज दैनिक आइरहेको छ।
पहिलो दिनकै ८०र९० टन प्याजको बिक्री हुने उनले बताए। ३र४ दिन अगाडि भारतबाट १०र१२ टन प्याज कालीमाटी बजारमा आएको श्रेष्ठले जानकारी दिए।
नेपालमा प्याज आयात कम भए पनि सटेज नहुने उनको भनाइ छ ।‘नेपाली भान्सामा प्याज अनिवार्य छैन, यसको आयात कम भए पनि सटेज भने हुँदैन। उनले भने, ‘भारतको प्याजको तुलनामा चिनियाँ प्याज महँगो छ।
उपभोक्ताले त्यसको विकल्पमा प्रयोग भने गरिरहेका छन्।बुधबार सम्ममा चिनियाँ प्याजको मूल्य १४०र१४५ रुपैयाँ कायम रहेको छ।भारतीय प्याजको अहिले २ सय रुपैयाँको आसपासमा रहेको उनले बताए।