पोखरा– पोखरा महानगरपालिका–५ र ८ जोड्ने जिरो किलोमिटरस्थित फिर्के खोला पुल क्षेत्रमा सडक साँघुरो छ। त्यो पनि डम्पिङ साइट बन्न थालेपछि स्थानीयवासी आक्रोशत बनेका छन्। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रधान कार्यालयबाट पश्चिमतर्फ ७२ मिटर सडक अति साँघुरो भएका कारण उक्त स्थानमा दुर्घटना बढिरहेको स्थानीयवासी मुक्तिनाथ सुवेदीले बताएका छन्।
साँघुरो बाटोका साथै सडकको उत्तरतर्फको केही खाली जग्गामा फोहर र मरेका जनावरसमेत फाल्ने गरेका कारण वातावरण दुर्ग्न्धित भई सास्ती भोगिरहनुपरेको उल्लेख गर्दै उनले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताएका छन्।
प्रदूषणका साथै साँघुरो सडकका कारण दुर्घटना बढेको भन्दै स्थानीयवासीले सडक फराकिलो बनाउन र बाँकी जग्गामा पार्किङको माग गरेपछि वडा नं ५ को कार्यालयबाट सडक डिभिजन कार्यालय पोखरामा पत्राचार गरिसकिएको छ। त्यसको हालसम्म सुनुवाइ हुन नसकेको स्थानीयवासीको गुनासो छ। (रासस)