काठमाडौं– वरिष्ठ कलाकारद्वय दीपक क्षेत्री र केशव भट्टराईको निधनले यतिबेला नेपाली सिनेमा जगत स्तब्ध भएको छ। शनिबार कलाकार दीपक क्षेत्री र आइतबार कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको थियो।
सिने जगतका दुई महान हस्तीको निधनले नेपाली सिमेना जगतसँगै सारा नेपाली नै भावविह्वल भएका छन्। आइतबार चलचित्र विकास बोर्डको कार्यालयमा दुवै कलाकारको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल पनि पुगेका छन्।
कांग्रेस नेता शेखर कोइरालाले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनीहरुलाई श्रद्धाञ्जली दिने क्रममा सारा कलाकारहरूकाे रूवाबासि चलेकाे थियाे। श्रद्धाञ्जली व्यक्त गर्न कलाकारहरुको ठूलो उपस्थिति थियो। दुवै जनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ। ५२ वर्षका भट्टराईको हृदयघातका कारण निधन भएको ओम अस्पतालले जनाएको छ। दीपक क्षेत्री लामो समयदेखि क्यान्सरबाट ग्रसित थिए।