काठमाडौं — इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक विश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो जसमा संसार भरिका कम्प्युटर सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचना हरू आदान प्रदान गर्न सक्छन्। सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ।
शुरुका दिनहरूमा इन्टरनेट सेवा पुरानो टेलिफोन र भू—उपग्रह प्रविधि मार्फत उपलब्ध थियो। इन्टरनेट सेवा एक विशेष तर सानो आकार बाट शुरु भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न पक्षहको रूपमा प्रयोग हुँदैछ। इन्टरनेटले एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ। कतिपय देशमा इन्टनेट सेवालाइ मानवअधिकाककै रूपमा लिइन्छ।
एक दिन नेट चलाईएन भने पूरा संसारसँग सम्बन्ध छुटेको भान हुन थाल्छ। यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ। एकातिर धेरैजसो मान्छेहरूले नेटकै कारण धेरै समस्याहरु भोग्दै आईरहेका छन् भने अर्को्तिर च्याटिङको बेला अनावश्यक खालका म्यासेज पनि आउने गरेका छन्। त्यसैले आफु मात्र हैन कि जो कोहीले पनि इन्टरनेट चलाउँदा धेरै ध्यान पुर्याउनु पर्ने हुन्छ। यदि कुने पनि कुरालाई गम्भिरतापूर्वक लिएन भने पछि गएर ठूलै समस्यामा परिन्छ। त
सुरक्षित सर्फिङ गर्नका लागि ध्यान दिनुपर्ने कुराहरु
इमेलमा हुन सक्ने खतरा — यदि नेट सर्फिङको दौरान तपाईंलाई कसैले यस्तै बेकारको चिज मेल गरेका भेटाएमा सो मेल खोलेर जबाफ दिनुको साटो त्यस्ता मेल हरूलाई ब्लक गर्नु राम्रो हुन्छ। यो कुरामा निकै ध्यान दिन जरुरी छ कि कुनैकुनै इमेल तपाईंलाई यति रकम चिठ्ठा पर्यो, यो यो पुरस्कार पर्यो भन्ने लोभ देखाएर फसाउने खालका पनि आउँछन् र यसमा तपाईंको नाम ठेगानाका साथै अरु व्यक्तिगत जानकारी मागिएका हुन्छन्।
यस्ता इमेलहरूमा लोभिएर कहिल्यै पनि रिप्लाई नगर्नुहोस्। यसमा मात्र तपाईंहरूलाई ठग्नेबाहेक अरु केही हुँदैन। याद राख्नुहोस्, नकिनेको चिठ्ठा कहिल्यै पर्दैन। इमेल आक्रमणबाट सुरक्षित हुने सजिलो उपाय आफूले नचिनेका इमेलहरूलाई नखोलीकनै डिलिट गर्नु नै हो।
इन्टरनेटको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु — नेट सर्फिङ वा च्याटको बेला नचिनेको साथिहरुलाई आफ्नो नाम, ठेगाना, फोननम्बर अनि बैङ्क अकाउन्ट नम्बरसम्बन्धी सही सूचना कहिल्यै पनि दिनु हुँदैन। नेटमा बनाएका साथीहरूसंग सकेसम्म एक्लै भेट नगर्नु नै राम्रो मानिन्छ।
धेरैजस्तो साइट आजकाल पुरस्कार, सर्वेक्षण वा रजिस्ट्रेसनको बहाना बनाएर तपाईंको निजी सूचना, इमेल एड्रेस र पासवर्ड माग्ने गर्छन्। यसबारे भने तपाईहरुले विषेश ध्यान दिनुपर्छ।
त्यसैगरी धेरैजसो साइटहरू आफै पनि कुनै न कुनै प्रोडक्टहरू बेच्ने कोशिस गर्छन् र इमेल डाटा सङ्कलन गरेर विज्ञापनदाता कम्पनीहरूलाई बेच्ने गर्छन्। अनलाइन शपिङको कारोबारसँग सम्बन्धित साइटहरू पनि यस्तो गर्ने गर्दछन्। त्यसैले यी बिषयमा आफु् साबधान नै हुनुपर्छ।
इन्टरनेटबाट डाउनलोड गर्दा ध्यान दिनुपर्ने कुरा— इन्टरनेटसँग सम्बन्धित कुनै पनि यस्ता एप्लिकेशन जब तपाईं डाउनलोड गर्दै हुनुहुन्छ, जसमा डकुमेन्ट, तस्वीर, अडियो वा भिडियो आदि सेयर गर्न एक्सेस हुने गर्दछ। यस्ता एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला आफ्नो जेन्युन एन्टिभाइरसद्वारा स्क्यान गर्नु जरुरी छ। साथै, जुन पायो त्यो सप्टवेयरहरू आफ्नो कम्प्युटरमा डाउनलोड र इन्स्टल गर्ने पनि नगर्नुहोस्। त्यस्ता एप्लिकेशनहरू जसमा कुनै सिक्युरिटी सर्टि्फिकेट छैन, त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्नेबाहेक अरु काम गर्दैन।
आफ्नाे इन्टरनेट ब्राउजरमा popup block option active गरेर नचाहिने विज्ञापनहरू र सूचनाहरूमा नियन्त्रण गर्नुहाेस्। कुनै राम्रो Antivirus को प्रयोग गर्नुहोस् र त्यसलाई नियमित Update गर्ने गर्नुहाेस्।आफ्नाे कम्प्युटरको महत्वपूर्ण डाटाहरूको ब्याकअप राख्ने बानी गर्नुहोस् (डाटाहरूलाई छुट्टै डिस्क वा सिडीमा save गर्दै गर्नुहोस्)।
जब इन्टरनेटसम्बन्धी काम सकियो, तब इन्टरनेट connection लाई disconnect गर्न भने कहिल्यै नभुल्नुहोस्। कुनै साइबर क्याफेमा नेट चलाइसकेर फकिंदै हुनुहुन्छ भने ब्राउजर password, history clear र टेम्परेरी इन्टरनेट फाइलहरूलाई डिलिट गर्ने गर्नुहाेस्।