खोटाङ– प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार स्तरोन्नति भएको छ। चार दशकयता छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिला बजार स्तरउन्नी भएको हो।
बजार विस्तारका लागि एक नम्बर प्रदेश सरकारको एक करोड लगानीमा स्तरोन्नति गरेको हो। वि.स २०३२ सालदेखि बाँसको चित्राले बनेको टहरामा सञ्चालन भइरहेको बाक्सिला बजारलाई स्तरोन्नति गरेपछि प्रदेशसभा सदस्य राजन राई र गाउँपालिका प्रमुख कृष्णकुमार राईले उद्घाटन गरेका थिए ।
प्रदेश सरकारले विनियोजन गरेको एक करोडमध्ये ८६ लाख नौँ हजार २६६ मै स्तरोन्नतिको काम पूरा गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवकुमार राईले बताए। प्रत्येक बुधबार हटिया लाग्दै आएको बाक्सिला बजारमा १७ वटा फलामे ट्रष्ट, बथशाला, खानेपानीको धारा,शौचालय, फोहर व्यवस्थापन केन्द्र, ढल, प्रतिक्षालयल निर्माण गरिएको छ।रासस